सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

चन्द्र ग्रहणमा के गर्न हुने के नहुने ?

 |  शुक्रबार, कात्तिक १०, २०८०
nespernesper

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

शुक्रबार, कात्तिक १०, २०८०

यो चन्द्र ग्रहणको सुतक समय सम्म भगवानको आराधना गरेर खासै फल पाईदैन। भोजन, सयन, लेनदेन तथा संभोग गर्दै नगर्ने, कसैको कुभलो नसोच्नुहोला। शुभत्वको कामना गर्नुहोला।

triton college

ग्रहणका बेला के नगर्ने साधारणतया पनि कुनै दुइ वटा वस्तु एक आपसबाट गुज्रदा त्यसको प्रभाव आसपासमा पर्दछ। सूर्य, पृथ्वी र चन्द्रमा जस्ता ठुला र अति नै गतिशिल ग्रह आफनो गतिमा रहेका बेला उत्पन्न हुने ग्रहणबाट पृथ्वीमा रहने प्राणीलाई असर अवश्य नै पर्दछ। त्यसकारण यस अवस्थामा निश्चित कार्य गर्न बर्जित गरेर त्यसलाई अबलम्बन गरुन भन्ने हेतुले तत्कालिन ऋषिमुनिहरुले धार्मिक विश्वाससंग जोडेको पाईन्छ।

यस भित्रको वैज्ञानिक असरलाई आँकलन गर्दै यसको नकारात्मक असरबाट आमसर्वसाधारण बचुन भन्ने हेतुले त्यस्तो गरेको हामी अनुमान गर्न सक्छौं। ग्रहणका बेला विभिन्न विकिरण उत्पन्न हुने भएकाले त्यसबाट बच्नका लागि निश्चित काम नगर्न सुझाउने गरिएको हो।

संभोग: ग्रहणका बेला यौन कार्यमा संलग्न अर्थात संभोग गर्न पूर्ण रुपमा बर्जित गरिएको छ। संभोग केवल दुइ विपरित लिंगीको शारीरिक संलग्नता मात्र नभई मानसिक संलग्नता समेत हो। ग्रहणका बेला विभिन्न नकारात्मक किरणहरु पृथ्वीमा संचार हुने हुँदा त्यसबेला गरिने संभोग नकारात्मक नतिजा दिने खालेको हुन्छ।

गर्भाधान संभोग मात्र होईन ग्रहणका बेला गर्भाधान गर्नु नराम्रो मानिन्छ। यस बेला गर्भ रहन गएमा गर्भमा रहने शिशु शारीरिक र मानसिक रुपमा अस्वस्थ रहन पुग्दछ। यदि परिवारमा कुनै पनि सदस्य अस्वस्थ रहँदा उक्त ब्यक्ति पीडाबाट त गुज्रि हाल्छ नै अन्य सवै सदस्यहरुमा समेत त्यसको पीडा थपिन पुग्दछ। तसर्थ स्वस्थ शिशुको जन्मका लागि ग्रहणका बेला गर्भाधान हुन हुँदै हुँदैन।

Metro Mart
vianet

त्यति मात्र होईन ग्रहणका बेला गर्भ रहन गएमा गर्भिणी स्त्रीको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने हुन्छ।

खाना: सामान्यतया ग्रहण लाग्ने दिन निश्चित समयदेखि निश्चित समयसम्म औसत मानिसले खाना नखान सुझाउने गरिन्छ। यस अवधिमा विकिरणहरु आउने हुँदा ब्यक्तिले खाने खानामा समेत त्यसको प्रभाव पर्ने र त्यसले ब्यक्तिमा दीर्घकालसम्म नराम्रो असर पुर्याउने भएकाले खाना नखान भनिएको हो।

माघ १७ गतेको खग्रास चन्द्रग्रहणका लागि पनि विहान ८.५५ देखि राति ग्रहण नसकिंदा अर्थात रातिको ८.५७ सम्मको अवधिमा खाना नखान सुझाव दिईन्छ। यस समयमा बालक, बृद्धवृद्धा, रोगी, अशक्त, गर्भवति, आतुर आदीलाई भने आवश्यकता अनुसार खाना खान हुने छ। तर त्यस दिन मांस भोजन, मदिरा सेवन तथा अन्य तामसी भोजन गर्न भने हुँदैन।

स्नान: कुनै पनि विकिरणलाई धेरै हदसम्म पानीले त्यसको नकारात्मक प्रभाव कम गर्न भुमिका खेल्दछ। तसर्थ ग्रहणको समयमा उत्पन्न हुने विकिरणको असर कम गर्न पानीसंगको स्पर्श उपयुक्त हुने भएकाले स्नानलाई महत्व दिईएको हो। सामान्य नियम अनुसार ग्रहण शूरु हुनु पूर्व र ग्रहण सकिएपछि पनि स्नान गर्नु पर्ने हुन्छ। सम्भव भएमा दुइ पटक स्नान गर्दा राम्रो अन्यथा ब्यवहारिक कठिनाई देखिएमा र स्नान गर्न कठिन हुने अवस्था भएमा मुख धुने, शिर यानेकी कपालमा पानी लगाउने, हात खुट्टा धुने, कुल्ला गर्ने जस्ता कार्य भने गर्नु पर्दछ।

शुभ कार्य: ग्रहणका बेला अति आवश्यक कार्य बाहेक अन्य शुभ कार्य सकभर नगर्दा राम्रो हुन्छ। खासगरी यात्रा, गृह प्रवेश, विवाह, अक्षरारम्भ, ब्यापार ब्यवसायको थालनी आदी लगायतका शुभ कार्य नगर्दा उत्तम हुन्छ। यसको अर्थ ग्रहण लाग्ने दिन कुनै पनि काम नगरि शिथिल भएर बस्ने भन्ने शास्त्रिय मान्यता कदापी होईन। ग्रहण लागेका दिन नगरि नहुने अत्यावश्यक काम निरन्तर गर्न हुन्छ। तर तपाई कुनै पनि नयाँ काम थालनी गर्न चाहनु हुन्छ भने त्यस दिन नगरि अर्काे दिन गर्दा उत्तम हुने छ।

चन्द्रमाको पौराणिक महत्व
चन्द्रमाको हिन्दू पौराणिक कथाहरुमा धेरै वर्णन गरिएको छ। कथाहरुमा पनि चन्द्रमालाई मनलाई नियन्त्रित गर्नेवाला तथा जलको देवताको रुपमा बताइएको छ।  हिन्दु धर्ममा चन्द्रमालाई देवताको उपाधि प्राप्त छ। तपाईंहरुले भगवान शिवको शिरमा चन्द्रमालाई देख्नुभएको। यसको साथै सोमबारको दिन भगवान् शिवको साथै चन्द्रमा दिन पनि मानिएको छ।

हिन्दू धर्म शास्त्रहरुमा भगवान शिव शंकरलाई चन्द्रमाको स्वामी मानिएको छ। सनातन धर्म ग्रन्थ श्रीमद्भगवत महापुराणमा चन्द्र देवलाई महर्षि अत्रि र अनुसूयाको पुत्रको रूपमा उल्लेखित गरिएको छ। पौराणिक शास्त्रहरुमा चन्द्रमालाई बुधको पिता भनिएको छ र र दिशाहरुमा वायव्य दिशा अर्थात् उत्तर-पश्चिम कोणको स्वामी रहेको छ।

यन्त्र - चन्द्र यन्त्र
रत्न – मोती
रङ्ग – सेतो

उपाय – यदि कुनै जातकको कुण्डलीमा चन्द्रमा कमजोर वा कम प्रभावी छ भने त्यस जातकले उपायको लागि भगवान् शंकरको पूजा गर्नुपर्छ। जसले गर्दा जातकलाई चन्द्रमाको आशीर्वाद प्राप्त हुन्छ। ज्योतिष शास्त्र अनुसार चन्द्रमाको महादशा दश वर्ष सम्म रहन्छ।

प्रकाशित: Oct 27, 2023| 19:06 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्