मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या ७ हजारभन्दा बढी पुगेको दाबी

इजरायली आक्रमणमा परि मृत्यु हुनेको संख्या ७ हजारभन्दा बढी पुगेको दाबी

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

National life
Laxmi sunrise bank
kumari

गाजा- अक्टोबर ७ मा इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी इस्लामिक लडाकु समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन्।

अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ एक्कासि आक्रमण गर्दा गाजा क्षेत्रको इजरायलतर्फको सीमानामा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढी ब्यक्तिलाई अपहरण गरी बन्धक बनाइएको दावी इजरायली सेना तथा स्वास्थ्य अधिकारी गरेका छन्।   -एएफपी

प्रकाशित: Oct 26, 2023| 19:01 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्