शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा हमास आक्रमणलाई औचित्य दिएको आरोपको खण्डन

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले हमास आक्रमणको समर्थन गरेको आरोप लगाउने वरिष्ठ इजरायली कूटनीतिज्ञहरूले गरेको आकलनलाई स्पष्टरूपमा अस्वीकार गरेका छन्। इजरायली कूटनीतिज्ञहरूले सुरक्षा परिषद्मा अक्टोबर ७ मा हमाले गरेको आक्रमणलाई महासचिव गुटेरेसले समर्थन गरेको आरोप लगाएका थिए।

triton college

इजरायल र प्यालेस्टाइनको बीचमा बढ्दो संकटलाई लिएर मंगलबार भएको बैठकलाई सम्बोधन गर्दै सुंयक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले हमासले गरेको ‘भीषण’ आक्रमण कुनै पनि हालतमा औचित्यपूर्ण हुन नसक्ने बताए। 

उनले हमासले गरेको आक्रमणकै कारण गाजामा बमबारी र घेराबन्दी भएको भन्दै प्यालेस्टिनीहरू ‘शून्य अवस्थामा थिएनन्’ भन्ने पहिचान गर्नु महत्वपूर्ण हो र उनीहरूलाई सामूहिक सजाय दिनु उचित होइन भने। 

मंगलबार गुटर्रेसको सम्बोधनपछि संयुक्त राष्ट्रसङ्घका लागि इजराइलका स्थायी प्रतितिधि गिलाड एर्डनले ट्वीट गर्दै भने, ‘महासचिवको सम्बोधनले हमासको क्रुर आक्रमणलाई औचित्यपूर्ण ठहर गर्न खोजेको थियो, हमास आक्रमणमा करिब एक हजार चार सय मानिस मारिए, जसमा सर्वसाधारणनै बढी थिए।’ उनले महासचिवको राजीनामासमेत माग गरेका थिए। यसका साथै महासचिव गुटेर्रेसको भिसासमेत रोक्ने चेतावनी दिएका थिए।

यस्तै इजराइलका विदेशमन्त्री एली कोहेनले पनि गुटेर्रेसले हमासको आतङ्कवादलाई समर्थन गरेको आरोप लगाए। साथै उनले मंगलबार महासचिवसँगको निर्धारित बैठक रद्द गरे। बैठकपछि मङ्गलबारनै महासचिव गुटेर्रेसले हमासले बन्धक बनाएका  केही परिवारलाई भेटे र गाजाभित्र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरी बन्दी बनाएका सबैको बिना सर्त रिहाइका लागि आह्वानसमेत गरेका थिए।

corrent noodles
Metro Mart

बुधबार बिहान सुरक्षा परिषद्बाहिर पत्रकारहरूसँग उनले भने, ‘मेरो केही भनाइलाई गलत तरिकाले प्रस्तुत गरिँदा म स्तब्ध भएको छु।’ आफूले वास्तवमै प्यालेस्टिनी गुनासोका बारेमा बोलेको उल्लेख गर्दै उनले प्यालेस्टिनी जनताको गुनासोले हमासको भयानक आक्रमणलाई न्याय दिन नसक्ने आफूले सुरक्षा परिषद्मा भनेको बताए।    -सिन्ह्वा

प्रकाशित: Oct 26, 2023| 17:32 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्