बिहीबार, फागुन १४, २०८२

महाजात्रामा जोडिए नयाँ कलाकार

महाजात्रामा दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका हुन्। 
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

काठमाडौं– नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृंखला ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन्। नयाँ शृंखलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडि सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्देल जोडिएका हुन्। 

National life

१५ कात्तिकदेखि छायांकन थाल्ने भनिएको महाजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए। उनले भने, ‘हामीले कलाकारको आवरण परीक्षण (लुक टेस्ट) गरिसकेका छौँ। शृंखलाप्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरुको प्रिय कलाकारलाई लिएका हौं।’

चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ। उनले निर्देशन गरेका सम्पूर्ण चलचित्र बक्स–अफिसमा व्यावसायिक रुपमा सफल हुनुका साथै दर्शक तथा समीक्षकले समेत रुचाएका छन्। ‘हामीले समाजकै कथालाई हासो र रोदनको मिश्रण गरेर पर्दामा ल्याउने गरेका छौं। यसैले पनि दर्शकको प्रिय बनिरहेका छौं। उहाँहरुको विश्वास अझै बढाउनु हाम्रो दायित्व हो’, निर्देशक भट्टराईले भने। 

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्ने चलचित्रमा कसरी हास्यव्यंग्य (कमेडी) यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो। स्थापित शृंखला र दर्शकको विश्वासिलो समूहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गुरुङले बताइन्। उनले भनिन्, ‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पूरा हुँदै छ। दर्शकसमक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु। यस्ता समूहसँग काम गर्न पाउँदा आफूलाई निखार्ने अवसर पाइन्छ।’

फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेललगायत कलाकारले अभिनय गर्नेछन्। ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ। चलचित्र आगामी ९ चैतमा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

Laxmi sunrise bank

प्रकाशित: Oct 26, 2023| 16:01 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्