शनिबार, मंसिर २७, २०८२

यू–१९ क्रिकेट उपाधि विजेता टोली स्वदेश फर्कियो  

नेपालले पाँच वटै खेलमा विजयी हुँदै उपाधि चुमेको हो। 
 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

काठमाडौं– एसीसी यू–१९ प्रिमियर कप क्रिकेट उपाधि विजेता नेपाली टोली मलेसियाबाट फर्किएको छ। आज त्रिभुवन विमानस्थल आइपुगेको क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ अध्यक्ष चतुरबहादुर चन्दलगायतका पदाधिकारीले स्वागत गरे।

National life

प्रतियोगिताभर अपराजित रहेको नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ का आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो।

नेपालले पाँच वटै खेलमा विजयी हुँदै उपाधि चुमेको हो। प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई १ सय ४४ रनको विशाल अन्तरले हराएको थियो। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन, दोस्रो खेलमा बहराइनलाई सात विकेट, तेस्रो खेलमा साउदीलाई ३ सय २ रनले हराएको थियो। 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू-१९ एसिया कपमा छनोट भएका छन्। छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन्। 

प्रकाशित: Oct 26, 2023| 10:42 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्