शुक्रबार, भदौ ५, २०८३

देउवा निवास घेरिएकोप्रति अजय चौरसियाको आक्रोश

नेपाल कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरिएको प्रति आक्रोश व्यक्त गरेका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं-  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरिएको प्रति आक्रोश व्यक्त गरेका छन्। बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा चौरसियाले यस्तो बताएको हो। 

'१३ औँ महाधिवेशनमा पनि विवाद थियो। के शुसील कोइरालाको घर घेरिएको थियो? बूढानीलकण्ठ घेराउ गर्ने? किन घेरियो? यसले कांग्रेसलाई कहाँ पुराउछ?,' चौरसिया प्रश्न थियो, 'मैले बोलेका तितो लाग्न सक्छ, नबोलेर पनि काम चलिरहेको छैन, पार्टीको विधान अनुसार कुन काम भइरहेको छ?' 

केन्द्रीय समिति बैठक सुरु हुनुअघि बिहीबार बिहान नेपाली कांग्रेसका कार्यकर्ताले समयमा नै महाधिवेशन गर्न र क्रियाशील सदस्यताको विवाद टुंग्याउन माग गर्दै देउवा निवास बूढानीलकण्ठ घेराउ गरेका थिए। 

रमेश लेखक नेतृत्वको समितिले सर्वसम्मतिमा क्रियाशील विवाद टुंग्याएको उनको भनाइ थियो। कांग्रेस विषम परिस्थितिमा भएकाले विवाद गर्न नहुने उनको भनाइ थियो।

'वरिष्ठ नेतालाई ओली सरकारले दिएको दुःख उहाँलाई थाहा होला। नेता कार्यकर्ताले योबीचमा मुद्दा खेपेका थिए। धेरै झगडा गर्नु भयो आउने चुनावमा उही नियति भोग्नु पर्छ। त्यसैले झगडा नगर्नुस्। विवाद भए मिलाउनुस्,' उनले भनेका थिए। रामचन्द्र पौडेल तनहुँमा पुल उद्घाटन गर्न गएका बेला एमाले अध्यक्ष केपी ओली निकट कार्यकर्ताले अवरोध सिर्जना गरेका थिए। त्यही विषयलाई चौरसियाले संकेत गरेका थिए।  

'कांग्रेसरूपी जहाजको पाइलट तपाईंहरू हो, विवाद गरेर कांग्रेसको पक्षमा बन्दै गरेको माहोल तपाईंका विवादले नबिग्रियोस्, हामी तपाईंहरूको सहयोगी हौँ। तपाईंहरूको व्यवहारले कांग्रेसको भविष्य निर्धारण गर्नेछ,' उनले भनेका थिए। 

चौरसिया देउवा निकट केन्द्रीय सदस्य हुन्। 

प्रकाशित: Aug 13, 2021| 17:44 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...