बिहीबार, वैशाख २०, २०८१

दसैंमा प्रदर्शनमा आएका चलचित्रलाई दर्शकले रुचाए

नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ।
 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

काठमाडौं– नेपाली चलचित्रका लागि दसैं राम्रो समय मानिन्छ। दसैं लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन्। त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपरेका छन्। वितरक करण श्रेष्ठले चाडपर्वको समय दसैं विशेष हुने बताए।

triton college

‘अन्य चाडपर्वको तुलनामा दसैंमा काठमाडौं र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप बढेको पाइन्छ। यस्तो समय विशेषतः पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्’, वितरक श्रेष्ठले भने।

उनले वितरण गरिरहेको ‘पशुपति प्रसाद २ ः भष्मे डन’ ले पहिलो दिन २ करोडको हाराहारी व्यापार गरेको छ। ‘नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ। त्यसैले त्यस्ता चलचित्र दसैंको समय प्रदर्शन गर्नु उपयुक्त हुन्छ’, उनले भने। 

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समय आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको संख्या घट्ने अनुमान गरिएको थियो। तर, अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए।

‘नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्न सके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ। किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ’, कार्यकारी निर्माता बानियाँले भने। उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 25, 2023| 13:32 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्