बिहीबार, वैशाख २०, २०८१

कलाकारले यसरी मनाए दसैं

अभिभावकबाट बडादसैंको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।
 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०

काठमाडौं– विजयादशमी कलाकारले धुमधामले मनाएका छन्। अभिभावकबाट बडादसैंको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्।

triton college

हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन्। उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैंलाई लिएको बताए। दसैंलगत्तै ‘महाजात्रा’ को छायांकनमा जानुपर्ने भएकाले पनि दसैंलाई आफन्तसँगको भेटघाटको रुपमा मनाइरहेको उनले जानकारी दिए।

यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा लगाएका छन्। सपरिवार टीका ग्रहण गरेको जानकारी गराउँदै उनले दसैंलगत्तै ‘फर्की फर्की’ नामक चलचित्रमा काम गर्ने बताए। 

यो दसैं अभिनेता तथा मोडल पल शाहका लागि पनि महत्त्वको भएको छ। उनले अघिल्लो वर्ष टीका लगाउन नपाइएका कारण यो वर्षको दसैं परिवारसँग बसेर मनाइरहेको सुनाए। 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्देशक निर्मल शर्मा, अभिनेत्री वर्षा शिवाकोटी र अभिनेता जितु नेपालले पनि आफ्ना मान्यजनबाट टीका लगाए। अभिनेत्री वर्षा राउतले पनि आफ्ना पति तथा अभिनेता सञ्जोग कोइरालासँग सिन्धुली पुगेर टीका लगाइन्।

corrent noodles
Metro Mart

यस्तै, आमाबाट टीका र जमरा लगाएका हास्य कलाकार शिवशंकर रिजालले भने, ‘तराई गएर अन्य मान्यजनबाट पनि टीका ग्रहण गर्नेछु। मेरो दसैं तराई र काठमाडौँमा बराबर हुँदै आएको छ।’

यसैगरी अभिनेता सलिनमान बनियाँ, अभिनेत्री स्वेता खड्का र ऋचा शर्मा, अभिनेता रवीन्द्रसिंह बानियाँले पनि आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन्।

अभिनेता खगेन्द्र लामिछानेले आफैंले निर्माण गरेको ‘पशुपति प्रसाद–२  भष्मे डन’ प्रदर्शनरत रहेकाले काठमाडौं उपत्यकाका विभिन्न चलचित्र भवनमा पुगेर दर्शक भेट्ने जानकारी दिए।

‘यो पटक स्याङ्जास्थिचत घर जान नपाए पनि  दर्शकसँग साक्षात्कार गर्दै दसैं मनाइरहेको छु’, उनले भने। दसैंलाई एकता, भ्रातृत्व र प्रेमको रूपमा लिइने गरिएका कारण सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने गरिएको कलाकारले जानकारी गराए।

प्रकाशित: Oct 25, 2023| 10:47 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्