आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीका राष्ट्रपतिद्वारा हस्ताक्षर

Siddartha premir insuranceSiddartha premir insurance

स्विडेनको नाटो प्रवेश प्रस्तावमा टर्कीका राष्ट्रपतिद्वारा हस्ताक्षर

 |  मंगलबार, कात्तिक ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

अंकरा- टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले स्विडेनको नाटामो समावेश हुने प्रोटोकलमा हस्ताक्षर गरेका छन्। उनले उक्त प्रोटोकललाई अनुमोदनका लागि टर्कीएको संसद्मा पठाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

triton college

सुरुमा उक्त प्रोटोकलमाथि संसद्को समितिमा छलफल हुनेछ र त्यसलाई मतदानका लागि साधारणसभामा पेश गरिनेछ। अङ्काराले सुरुमा फिनल्यान्ड र स्विडेन दुवै मुलुकले आतङ्कवादका सम्बन्धमा आवश्यक कदम नउठाएसम्म र को सदस्यतालाई अनुरोध गरिएका व्यक्तिहरूलाई सुपुर्दगी नगरेसम्म उनीहरूको नाटोमा सदस्यतालाई स्वीकृत नगर्ने बताएको थियो। 

स्विडेनमा कुरान जलाएको घटनालाई लिएर टर्कीले कडा प्रतिक्रिया जनाएको थियो। यद्यपि फिनल्यान्ड र त्यसपछि स्विडेनको नाटो सदस्यताको भिटो क्रमशः हटाइयो। 

टर्कीको संसद्ले मार्चमा फिनल्यान्डको नाटोमा प्रवेश गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो तर प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लाई कथित समर्थन गरेका कारण स्विडेनको नाटोमा प्रवेश गर्ने प्रस्तावमाथि टर्की अनिच्छुक देखिएको थियो। 

स्विडेनले नाटो सदस्यता लिने प्रक्रियामा आफ्नो आतंकवाद विरोधीकानूनमा नयाँ संशोधनहरू गरेको छ तर उसले टर्कीले अनुरोध गरेको ‘संदिग्ध आतङ्कवादी’हरूलाई सुपुर्दगी गरेको छैन।   -सिन्ह्वा

Metro Mart
vianet

प्रकाशित: Oct 24, 2023| 22:02 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्