सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका छ कामदारको मृत्यु

गाजामा संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका छ कामदारको मृत्यु

 |  मंगलबार, कात्तिक ७, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ७, २०८०

गाजापट्टी- गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ। यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ। 

National life

हमासका बन्दुकधारीहरूले इजरायलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजरायली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन। 

‘शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ’ संयुक्त राष्ट्रसङ्घको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मङ्गलबार पठाएको अपडेटमा भनिएकोछ, ‘तीमध्ये छ जना पछिल्लो २४ घन्टमा मारिएका छन्।’

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको सङ्ख्याअनुसार गाजापट्टीमा इजरायलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 24, 2023| 21:02 मंगलबार, कात्तिक ७, २०८०
प्रतिक्रिया दिनुहोस्