सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बंगलादेशमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १०० बढी घाइते

बंगलादेशमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १०० बढी घाइते

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

ढाका- बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए।

National life

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो।

‘भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ’, सरकारले भने। उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन्। उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरे।

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ। सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फसेका मानिसलाई बचाउन सक्रिय भएका थिए।   -सिन्ह्वा

प्रकाशित: Oct 23, 2023| 21:01 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्