बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चाणक्य नीतिअनुसार नेतृत्वका लागि कस्तो व्यक्ति योग्य हुन्छ?

चाणक्य नीतिअनुसार नेतृत्वका लागि कस्तो व्यक्ति योग्य हुन्छ?

 |  सोमबार, कात्तिक ६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ६, २०८०

आचार्य चाणक्य प्रकाण्ड विद्वान थिए। उनी स्वाभिमानी, संयमी र तीक्ष्ण बुद्धि भएका एक युगदृष्टा थिए। उनको व्यक्तित्व सबैका लागि अनुकरणीय छ। उनी सादा जीवन र उच्च विचारका सही प्रतीक थिए।

National life

चाणक्य ३७६ इसापूर्वमा चन्द्रगुप्त मौर्यका महामन्त्री थिए। उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाएका थिए।

उनी कौटिल्य वा विष्णुगुप्तको नामबाट पनि प्रख्यात छन्। पिता श्री चणकको पुत्र भएकाले उनलाई चाणक्य भनियो। उनी तक्षशिलाका आचार्य र दार्शनिक थिए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदि महान ग्रन्थहरु रचना गरेका छन्। अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ।

चाणक्यको राज्य सम्बन्धी अवधारणा
चाणक्यले पश्चिमी राजनीतिक चिन्तकद्वारा प्रतिपादित राज्यको चार आवश्यक तत्व भूमि, जनसंख्या, सरकार र सम्प्रभुताको विवरण नदिएर राज्यको सात तत्वको विवेचना गरेका छन्। यस सम्बन्धमा उनले राज्यको परिभाषा दिएका छैनन्। बरु पहिलेबाटै चलिआएको सप्तांग सिद्धान्तलाई समर्थन गरेका छन्। चाणक्यले राज्यको तुलना मानव शरीरसँग गरेका छन्। राज्यको सबै तत्व मानव शरीरको अंग समान परस्पर सम्बन्धित, अन्तनिर्भर र मिलिजुली कार्य गर्छन्।

१. स्वामी (शीर्ष नेता)
उनी शीर्ष स्थानमा हुन्छन्। नेतृत्व तहमा पुग्ने व्यक्ति कुलीन, बुद्धिमान, साहसी, धैर्यवान, संयमी, दूरदर्शी हुनुपर्छ। जनताको नेतृत्व गर्ने मान्छे छलकपट नभएको, भ्रष्ट मति नभएको, लोभलालच नभएको हुनुपर्ने चाणक्यले बताएका छन्।

kumari

२. अमात्य (सहयोगी)
यसलाई चाणक्य नीतिमा मन्त्री भनी दर्जा दिइएको छ। उनीहरु राज्यका आँखा हुन्। राज्यका आँखा भनेर चाणक्यले मन्त्री, सचिव, प्रशासनिक र न्यायिक पदाधिकारीलाई समेटेका छन्। उनीहरु आफ्ना देशका जन्मजात नागरिक, उच्च कुलका, चरित्रवान, योग्य, विभिन्न कलामा निपूर्ण हुनुपर्ने उल्लेख छ।

३. जनपद (भूमी र जनता)
यसलाई राज्यको धरातल भनिएको छ। अर्थात् जसको आडमा राज्यको अस्तित्व टिकेको हुन्छ। चाणक्यले उर्वर, प्राकृतिक संशाधनले परिपूर्ण, पशुधन, नदी, ताल तथा वनजंगल भएको भूमिलाई उपयुक्त भनेका छन्।

प्रकाशित: Oct 23, 2023| 19:06 सोमबार, कात्तिक ६, २०८०
प्रतिक्रिया दिनुहोस्