आइतबार, वैशाख २७, २०८३

यस्तो छ लुट फेम्ड निर्देशक निश्चलको 'दिमाग खराब'को ट्रेलर

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सत्ताविरुद्ध असन्तुष्ट आम नागरिकले गर्ने संघर्षको कथा देखिन्छ।

National life

मल्टिस्टारर फिल्मको ट्रेलरमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन्। आफ्नै नगरको मेयर संलग्न रहेको म्यानपावरले विदेश पठाउन ठगी गरेको दृश्यबाट ट्रेलर सुरु हुन्छ। खगेन्द्र लामिछानेले खाली खुट्टा नै विमानस्थल पुगेको दृश्यमा मर्मस्पर्शी अभिनय गरेका छन्।

समाज र राजनीतिसँग जोडिएका विभिन्न पात्रलाई ट्रेलरमा देखाइएको छ। ट्रेलरले मेयरको मुकुण्डो उत्रिएपछि ती पात्रले के गर्लान् भन्ने प्रश्न समेत सोधेको छ। ट्रेलरको अन्तिम दृश्यमा निर्देशकसमेत रहेका बस्नेतलाई बाइक र्‍याली गरेको दृश्यमा देखाइएको छ।

फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ।

आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो। तिहार छेकोमा कात्तिक २४ गतेदेखि फिल्म प्रदर्शनमा आउँदैछ। 

प्रकाशित: Oct 21, 2023| 06:18 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्