शनिबार, वैशाख ६, २०८२

'आरती' वेब सिरिज छठमा रिलिज हुने

 |  शनिबार, कात्तिक ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

vianetvianet

मधेश र समग्र देशको साझा कथावस्तुमा आधारित ‘आरती’ वेब सिरिज छठ पर्वको समयमा रिजिल हुँदैछ। यसअघि आरतीको ट्रेलर सार्वजनिक भइसकेको छ। चलचित्र छठ पर्वको समयमा रिलिज गर्ने तयारीमा आयोजक पक्ष रहेका छन्।

triton college

नेपाली र मैथिली दुबै भाषामा उक्त सिरिज निर्माण भएको हो। जम्मा ६ एपिसोडको उक्त सिरिज आरती साह मृत्यु प्रकरणसँग ठ्याक्कै मेल नखाए पनि उक्त घटनाका केही तथ्य र निर्मला पन्त बलात्कारपछिको हत्या भएको घटनाहरुसँग सम्बन्धित रहेको युवा लेखक विद्यानन्द वेदर्दीले बताए। उनी चलचित्रको भाषा अनुवादक र न्यारेशन लेखक हुन्।  

उनको अनुसार विभिन्न बहानामा मारिने आरती साह र आरतीहरुजस्तै थुप्रै महिला तथा किशोरीको कथा हो ‘आरती’। जो प्रमाणको अभावमा न्याय पाउनबाट बंचित छन् र बंचित पारिएका छन्। यद्यपि उक्त सिरिजले मधेसमात्र नभएर सम्पूर्ण देश र समाजको प्रतिनिधित्व गर्दैछ।

उनले भने, ‘स्कुले बालिका बलात्कार हुनु र प्रमाणको अभावमा न्यान नपाउनु तथा दोषी सधैं खुला घुम्नुजस्तो अपराध बढ्दै गएको विषयलाई हामीले उठाएका छौं। यो कथा निर्मला पन्त बलात्कार काण्डसंग पनि मेल खान्छ। त्यहि भएर यो समग्र देशको साझा कथावस्तु हो।’

सिरिजमा नूतन राज पौडेल, लक्ष्मण अधिकारी, गीता श्री, मनिषा गिरी, शिव कुर्मी, दीपनारायण शर्मा, हरिप्रसाद कँडेल र संसार अधिकारीको प्रमुख भूमिका रहेको छ। दृश्य नितेश घतानले खिचेका हुन् भने कविर ओडको सम्पादन रहेको छ। सिरिजका निर्माता आशिष दास र क्रिएटिभ प्रोड्युसर राकेश शाह रहेका छन्।

National life insurance

आदर्श प्रोडक्सन्स युट्युब च्यानलमार्फत मैथिलीमा र ओएसआर डिजिटल च्यानलमा नेपाली ट्रलर सार्वजनिक भइसकेको छ। आरती वेब सिरिज सम्पूर्ण एपिसोड ओटिटी प्लेटफर्म नेट टिभी र ग्यालेक्सी टिभीमा प्रसारण हुने छ।

प्रकाशित: Oct 21, 2023| 19:49 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्