आइतबार, जेठ ६, २०८१

मिथिलाका युवाले जोगाइरहेको झिझिया नृत्य

जनविश्वास अनुसार बोक्सीहरुले घैंटोमा रहेको प्वाल गणना गर्न सफल भएमा नर्तकीको तत्काल मृत्यु हुन्छ।
 |  बिहीबार, कात्तिक २, २०८०

विजेता

विजेता

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं- झिझिया तान्त्रिक विधि अनुसार नाचिने एक प्राचिन नाच हो जो यतिबेला मिथिला संस्कृतिको पहिचान बन्न पुगेको छ। नेपालदेखि भारतीय मिथिला क्षेत्रमा दसैंको बेला नाचिने झिझिया नाच यतिबेला महोत्वसको रुपमा संचालन हुन थालेको छ। यसलाई मिथिलाका युवाहरुले जगेर्ना गर्दै आइरहेका छन्।

triton college

संस्कृतिविद् रेवतीरमण लालका अनुसार झिझिया नेपाल र भारतको मिथिला क्षेत्रको सांस्कृतिक लोक नृत्य हो। यो नाच विशेष रूपमा विजया दशमीको समयमा प्रदर्शन गरिन्छ। पूर्वमा उक्त नाच देवी भवानीप्रति भक्ति अर्पण गर्न तथा आफ्नो परिवार र बालबच्चालाई बोक्सी र कथित कालो जादू तथा नकारात्मक उर्जाहरुबाट बचाउनको लागि गरिन्थ्यो।

डा. लाल सुनाउँछन्, ‘नाचको सुरुवात कहिले भएको थियो भनेर कुनै ठोस आधार वा प्रमाण भेटिँदैन तर समाजमा काला जादू र टुनामुना गर्ने महिला–पुरुषहरुको उपस्थिति रहेको भन्दै सातौं वा आठौं शताब्दीतिर देवी पूजामा त्यस्तो तान्त्रिक शक्ति जागृत गरिने वा हुने मान्यताअनुसार त्यसलाई निस्तेज गर्न र आफ्ना सन्तान र परिवारलाई सुरक्षित राख्ने उद्देश्यले उक्त नाचको प्रारम्भ भएको मान्यता रहँदै आएको छ।’

यस विषयमा साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन्, ‘वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कालान्तरमा गएर झिझिया नृत्यको स्वरुप धारण गरेको मानिन्छ। यो पूर्ण रुपले तान्त्रिक नृत्य हो र यसको आफ्नै स्वरुप छ।  एक दशक अघिसम्म पनि घटस्थापनाको दिनदेखि विजया दशमीसम्म रात्रिकालमा महिला र युवतीहरुको समूहले झिझिया नाच नाच्दै गाउँ–घर र टोल–टोल घुम्ने गरेका दृश्य देख्न सकिन्थ्यो। महिलाहरुले टाउकोमा माटोको घैंटो राखेर त्यसभित्र बलिरहेको दियो राख्थे। घैंटोमा धेरै प्वालहरू बनाइएको हुन्थ्यो जसबाट बलिरहेको दियोको मधुरो प्रकाश मनै लोभ्याउने खालको हुन्थ्यो।

जनविश्वासअनुसार बोक्सीहरुले घैंटोमा रहेको प्वाल गणना गर्न सफल भएमा नर्तकीको तत्काल मृत्यु हुन्थ्यो त्यसैकारण झिझिया नाचीरहेकी महिलाहरुको खुट्टा निरन्तर चलिरहन्थ्यो, उनीहरु नथाकी नृत्यमा मग्न हुन्थे। यो आज पनि तान्त्रिक विधिअनुसार सिद्ध गरेपछि मात्रै नाच्न आरम्भ गरिन्छ। यद्यपि अहिले गाउँघरमा पनि त्यस्तो दृश्य विरलै देखिन्छ तर झिझिया नाचलाई विभिन्न संघसंस्थाले महोत्सवको रुपमा आयोजना गरेर यसलाई जीवन्त राखेका छन्।

corrent noodles
Metro Mart

डा. लालका अनुसार पहिले झिझिया नाचप्रति एकप्रकारको भय विद्यमान थियो। झिझिया नाच प्रायः साना केटाकेटीलाई देखाइँदैन थियो भने महिलाहरुले पनि घरको झ्याल ढोका थुनेर सानो प्वालबाट चियाएर मात्रै हेर्थे। त्यतिबेला दसैंमा कालो जादूको प्रयोगले अनिष्ट हुने भय विद्यमान रहेको उनी बताउँछन्। झिझिया नाच्दै हिँडेकी महिलाहरुले घरघरबाट तेल मागेर दियोमा थप्ने परम्परा थियो। घरका बुढापाकाहरुले मात्रै तेल र केही अन्न, रुपैयाँ पैसा प्रदान गर्थे जसले विजया दशमीको दिन प्रसाद वितरण गरेर झिझिया नाच बिसर्जन गरिन्थ्यो। झिझिया नाचको आफ्नै समाज विज्ञान रहेको डा. लाल बताउँछन्। झिझियालाई तान्त्रिक नाचको रुपमा हेर्नुपर्ने उनी तर्क गर्छन्। 

साहित्यकार डा. विमल सुनाउँछन्, ‘झिझिया नाचमा तान्त्रिक विधिको विशेष महत्व रहेको छ। यो मिथिलाको लोक परम्पराको रुपमा विस्तारै विकास हुन पुग्यो। मिथिलाका मुसहर, चमार, र कुम्हारलगायतका जाति विशेषका महिलाहरुले झिझिया बनाउने र नाच्ने गरेको साहित्यकार एवं संस्कृतिविद् लाल बताउँछन्। झिझिया लोक नाच धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा नाच्ने चलन अझै विद्यमान छ।

यो नाच सजिलो नहेको संस्कृतिविद् लाल बताउँछन्। यसका लागि नर्तकीहरुले लामो अभ्यास गरेका हुन्छन्। अहिले महोत्सवहरुमा नाचिने झिझिया नाचका नर्तकीहरुले समेत यसको लागि प्रशिक्षण र अभ्यास गरेर मात्रै सहभागि हुने गरेको उनले बताए। डा. लालका अनुसार अहिलेका नव पुस्ताले बोक्सी वा काला जादूजस्तो कुरामाथि विश्वास गर्न छोडेका छन्, जुन सकारात्मक पक्ष हो। युवा पुस्ताको आफ्नो कला तथा परम्पराप्रति बढेको जागृकताले गर्दा यो पारम्परीक तान्त्रिक नाचमा मात्रै सीमित नरहेर मिथिला संस्कृतिको अभिन्न अंग बन्न पुगेको छ। जसलाई विभिन्न प्रयोजन र उत्सव–महोत्वको रुपमा आयोजना गर्नुले यसको प्रचार बढेको छ। आम समुदायको यसप्रति जिज्ञाषा बढेको छ। यद्यपि झिझियाको कलापक्षलाई भने अक्षुण्ण राख्नु चुनौति बनेको प्रति उनी चिन्ता व्यक्त गर्छन्। 

मिथिलामा आयोजना हुने कार्यक्रम अथवा मैथिली भाषा–साहित्य, संस्कृतिलगायतका कुनै पनि कार्यक्रममा झिझिया नाच देखाउने प्रचनल सुरु भएको धेरै भयो। प्रत्येक उत्सव र महोत्वसहरुका झिझिया नाच देखाउँदै आएको रंगदर्पण नेपालका प्रमुख रितेश पटेलको अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानलगायत काठमाडौं तथा तराईको प्रायः सबै शहरमा झिझिया नाचको प्रस्तुति रंग दर्पणले गरिसकेको छ। उनले झिझिया नाच सजिलो नरहेको बताउँदै यसको लागि नर्तकीहरुलाई विशेष प्रशिक्षण दिनुका साथै लामो अभ्यासपछि मात्रै मञ्चमा उतार्ने गरेको बताए।

जनकपुरमा नव मिथिला फाउन्डेसनले आगामी शुक्रबार झिझिया महोत्सव सञ्चालन गर्ने भएका छन्। फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई ध्यानमा राख्दै झिझिया आयोजना गर्न लागेको बताए। पहिलोपटक पाँच सय जनाले टाउकोमा घैंटा राखेर नाच्ने छन्। जसमा केही झिझिया टीम र जनकपुरका कलेजका छात्राहरु हुनेछन्। जनकपुरस्थित रेल्वे स्टेशनको प्राङग्रणमा हुने महोत्सवमा  स्थानीय लोक गायकहरूको सहभागी रहनेछ।

प्रकाशित: Oct 19, 2023| 19:24 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्