शुक्रबार, असोज ३, २०८२

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

 |  शुक्रबार, असोज ३, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३, २०८२
Kumaribank
Metro Mart

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए। माथिबाट पहिरो आउने जोखिम कायमै रहेको उनको भनाइ छ। 

आज दिउँसोदेखि पहिरो खस्ने र पन्छाउने काम गरिरहेको शर्माले बताए। यहाँका अनुसार साँझपख आएको पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ। पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारीचालकलाई आग्रह गरेको छ।

प्रकाशित: Sep 19, 2025| 20:08 शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्