शुक्रबार, भदौ २०, २०८२

क्लासिक

ट्रयाजेडी किङ दिलीप कुमार र ब्युटी क्विन सायरा बानोको प्रेमकथा

 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet

१२ वर्षको उमेरदेखि नै 'मिसेज दिलीप कुमार' बन्ने सपना देखेकी थिइन् शायरा बानोले। यही सपनालाई पछ्याउँदै उनको बंगला नजिकै आफ्नो घर बनाएकी थिइन् सायराले।

Kumaribank

आफ्नो समयकी ब्यूटी क्विन र प्रख्यात नायिका सायरा बानो सोसल मिडियामा निकै एक्टिभ छिन्। यद्यपि दिलीप कुमारको मृत्युपछि उनको जीवनमा एउटा शून्यता व्याप्त छ जसको भरपाई हुन सक्दैन। सायराले हालै आफ्नो ५७ औं वैवाहिक वर्षगाँठको पुरानो भिडियो इन्स्टाग्राममा पोस्ट गरेकी छन्। उनले त्यसमा आफ्नो प्रेमदेखि विवाहसम्मको रुमानी किस्साहरु सेयर गरेकी छन्। ब्यूटी क्विनको बिहे कुनै सिन्ड्रेलाको प्रेम कथाभन्दा कम छैन जो अन्त्यमा आफ्नो राजकुमारलाई प्राप्त गर्न पुग्छिन्।

सायरा एक पोस्टमा लेख्छिन्, '२३ अगस्त, १९६६ मा ३४–बी पाली हिलमा हाम्रो नयाँ घरको गृह प्रवेश चलिरहेको थियो। हामीले जानाजान घर दिलीप साहबको घरको ठीक सामुन्ने बनाएका थियौं। त्यतिबेला उनी मद्रासमा शुटिङ गरिरहेका थिए। मेरी आमाको निम्तोमा उनी मेरो जन्मदिनमा सरिक हुन आए।'

सायरा अगाडि लेख्छिन्, त्यतिबेला जीवन सौभाग्यले भरिएको आभाष भयो। एकपछि अर्को चमत्कार हुँदे गए, जसको कसैले कल्पना गर्न सक्दैनन्। दिलिप कुमार जो मलाई त्यतिबेलादेखि चिन्थे जतिबेला म सानी बालिका थिएँ। यही कारणले उनले पछि पनि मसँग चलचित्रहरुमा कम गर्नको लागि इन्कार गरेका थिए। तर त्यस दिनको पार्टीमा मसँग भेट्ने वित्तिकै उनले भने, 'तिमी ठूली भएर झन् राम्री भएकी छौं।'

सायराले एक इन्टरभ्युमा भनेकी छन्, ‘मलाई भाग्यले दिएको अनमोल उपहार हुन् दिलीप साहब। म आफ्नो स्कुलको दिनदेखि नै मिसेज दिलीप कुमार बन्न चाहन्थें। जब म सानै थिएँ र लन्डनमा पढाइ गर्दै थिएँ त्यतिबेदादेखि नै मेरो रुझान थियो दिलीप साहेबप्रति। म त्यतिबेला देखि नै उनको पत्नी हुने सपना देख्ने गर्थें।

Metro Mart

मेरी आमाले पनि मलाई भनेकी थिइन्, तिमीलाई मिसेज दिलीप कुमार बन्ने रहर छ भने उनको जस्तै शौख पाल्नुपर्छ। यो सबै सिक्नको लागि म आफ्नी आमासँग चिठीको माध्यमबाट कुरा गर्ने गर्थें। जब म भारत फर्कें अनि दिलीप साहबलाई सितार बजाउने एकदमै शौख छ भन्ने थाहा पाएँ। अनि मैले पनि सितार सिक्न सुरु गरें। उनी उर्दूमा माहिर थिए मैले पनि उर्दू सिक्न सुरु गरेँ। म उनको शौखहरु पछ्याइरहेकी थिएँ। हामी दुबैको घर नजिकै भएपछि सबै कुरा बदलिँदै गएको थियो र मानौं जस्तो रुमानी माहौल सम्पूर्ण वातावरणमा फैलिँदै गएको थियो।

दिलीप कुमार मद्रासबाट फर्कन्थे र सायराको घरमा डिनर खाएर साइटमा शुटिङको लागि जान्थे। सोही क्रममा आठ दिनसम्म दुवैको रोमान्स चल्यो। आठौं दिनपछि उनले सायरा बानोलाई आफ्नो जीवन संगनि बनाउने फैसला गरे र प्रपोज गरे। सायरा भन्छिन्, ‘उनी मेरी आमा र हजुरआमाको अगाडि अफिशियल्ली बोले कि म तपाईंकी छोरीसँग विहे गर्न चाहन्छु। त्यसपछि के थियो हामीले तत्काल नै भनेर समर्थन गर्यौं। अब उनलाई त के बताउनु कि मेरो जीवनमा तिम्रो आगमनको मलाई वर्षौंदेखि प्रतीक्षा थियो। 

जसलाई १२ वर्षको उमेरदेखि मन पराएको थिएँ उसैको साथ प्राप्त भयो, यो ब्रह्माण्डको उपहार नै त हो नि। म उनको यति दिवानी थिएँ की आफ्नो स्कुलको दिनमा लण्डनमा पनि मलाई दिउँसै उनको सपना आउँथ्यो।’ ११ अक्टोबर १९६६ मा विहे धुमधामको साथ सम्पन्न भयो। 
- सहारा समयबाट

प्रकाशित: Oct 20, 2023| 19:23 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्