सोमबार, मंसिर २९, २०८२

कंगो जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

किन्सासा- उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै ३०० यात्रु बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ।  

National life

यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाए अनुसार कङ्गो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने, एक जना अज्ञात छन्। यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना बताइएको छ।  

आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले  २६१ जना बेपत्ता भएको उल्लेख गरेका छन्।

घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई  कडा कारबाही गरिने बताएका छन्।

प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा शुक्रबार अबेर कङ्गो नदीमा रहेको प्रान्तको बन्दरगाह सहर एमबन्दकाबाट ३०० किलोमिटर टाढा रहेको बोलोम्बाको लागि छुटेको थियो। 

Laxmi sunrise bank
kumari

यात्रुहरूको सङ्ख्या एकिन हुन सकेको छैन।   -सिन्ह्वा

प्रकाशित: Oct 17, 2023| 20:50 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्