बिहीबार, वैशाख २०, २०८१

'बर्फी' बाट के सिके भोलाराजले ?

सन् २०१२ मा आएको बलिउड फिल्म ‘बर्फी’मा सुपरस्टार रणवीर कपुरसँग अभिनय गरेका कलाकार भोलाराजसँग भेट्नेले अहिले पनि बर्फीको चर्चा गर्छन्।
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

अभिनेता भोलाराज सापकोटाको अभिनय प्रशंसनीय छ। उनले अहिलेसम्म गरेका अभिनयहरु जीवन्त लाग्छन्।  

triton college

सन् २०१२ मा आएको बलिउड फिल्म ‘बर्फी’मा सुपरस्टार रणवीर कपुरसँग अभिनय गरेका कलाकार भोलाराजसँग भेट्नेले अहिले पनि बर्फीको चर्चा गर्छन्। उनले बर्फी चलचित्रसँगको आफ्नो सबै अनुभव र स्मृतिहरु सेयर गरिसके। तर बर्फीसँगको उनको साइनोले अझै उनको पिछा छोडेको छैन। बर्फीसँगका उनका किस्साहरु वास्तवमा रमाइला छन्।

दशैंको मुखमा प्रदर्शनमा रहेको उनी अभिनित ‘कौसीद’ चलचित्रको विषयमा कुरा गर्दा बर्फीसँगको चर्चा भयो नै। बर्फीमा मुख्य भूमिकामा रहेका रणवीरको साथीको भूमिकामा देखिएका छन् भोलाराज। 

बर्फीको छायांकनको बेला उनले तितो अनुभव पनि गरेका थिए कि ? उनी भन्छन्, ‘तितो अनुभव त केही पनि भएन। तर शौरभ शुक्लासँग मेरो पहिलो सिन सुट हुँदै थियो, त्योबेला मलाई गाह्रो नै परेको थियो किनभने सौरभ शुक्लालाई बच्चैदेखि ‘तेहकिकात’ जस्तो सिरियलमा सिआइडीको भूमिकामा देखिराखेको थिएँ। फिल्मको सेटमा उनलाई झट्ट हेर्दा मलाई अप्ठ्यारो लाग्यो। म कलाकार भए पनि पहिले त मान्छे हो नि। उनीसँगको पहिलो भेटमा म यति नर्भस भएँ कि सिन सुट गर्न नै गाह्रो भयो र मैले टेकहरु लिइरहेँ। मैले सिन सुट गर्न नसकेको देखेर उनले भनेका थिए, ‘यो कस्तो मान्छे उठाएर ल्याएको ?’

त्यसपछि त मलाई झन् कस्तो डर महसुस भयो, नराम्रो महसुस भयो। तर त्यतिबेला रणवीरले माहौल बुझे र उनले शुक्लालाई दादा पाँच मिनेट भनेर लगेर गए अनि आएपछि म्युजिक बजाउन लगाए। त्यसपछि त के थियो र। म मनैदेखि आफ्नो चरित्रमा फर्केको थिएँ, त्यसपछि एक टेक नै ओके भयो।
त्यो बिर्सन लायकको एउटा घटना हो तर त्यसपछि सबैभन्दा बढी सौरभ शुक्ला नै मेरो नजिक भए। उनले सोधेका थिए, ‘तिमी थिएटर गर्छौ हो ?’ मैले भने, ‘हो म थिएटर गर्छु, तपाईंलाई एनएसडीमा पनि देखेको थिएँ।’ त्यसपछि त झन हामी नजिक भयौं।

corrent noodles
Metro Mart

हुनपनि सौरभ शुक्ला राष्ट्रिय पुरस्कार प्रप्त कलाकारमात्रै नभएर विविध आयाम भएका अभिनेता हुन्। उनको अभिनयको प्रशंसा स्वयं कलाकारहरुले पनि गरिरहेका हुन्छन्। सापकोटा भन्छन्, नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा हामी नेपालबाट गएर थिएटर गर्छौं। अस्ति भर्खर सौरभ शुक्लाकै नाटक ‘हिउँभन्दा चिसो’ नेपालीमा हामीले नाटक गर्यौं। थिएटमा म पहिलेदेखि नै हो।’

उनले बलिउडमा अहिले कुनै कामको लागि सम्झौता नभएको बताए। 'कुराकानी त सबैसँग हुन्छ तर कुनै चलचित्रको लागि म अनुबन्धित भएको छैन। अहिले नेपाली चलचित्रहरुमा नै व्यस्त छु' उनले भने।

बलिउड र नेपाली चलचित्रमध्ये आफ्नोपन कतातिर महसुस हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो गाह्रो प्रश्न हो। एउटा कलाकारको हिसाबले मलाई के लाग्छ भने क्यारेक्टर जहाँ पाइन्छ जे पाइन्छ त्यसमा आफ्नोपन आएन भने त्यसको काम छैन। एउटा कलाकारको हिसाबले उताको अथवा यताको भन्दा पनि पाएको चरित्रलाई न्याय गर्नु महत्वपूर्ण हो। त्यसैले भनिन्छ कला–साहित्यको सीमाना हुँदैन।’

बलिउडको व्यापार ठूलो छ, बजेट धेरै छ तर हाम्रोमा कम बजेटमा एकदमै राम्रो सिनेमाहरु बनिरहेको छ। बर्फी चलचित्रमा काम गर्दाताका सम्झिन लायकको कुरामध्ये एउटा के पनि हो भने उताका कलाकारदेखि लिएर लाइटमेन होस् कि मेकप आर्टिस्ट सबैले आफ्नो काम एकदमै इमानदारितापूर्वक, प्रोफेसनल्ली गर्छन्। काम नसकुन्जेल दायाँ–बायाँ गर्देैनन्। त्यो पक्ष एकदमै मन परेको हो। तर हाम्रोमा आर्थिक हिसबाले पनि होला- एउटा मान्छे एउटा काममा फोकस हुन नसकेर, निर्देशक निर्देशनको काममा फोकस नभएर अरु काममा हेर्नुपर्ने होला तर बजेट भएका सिनेमाहरुमा पनि यहाँ एउटा कलाकार अथवा एउटा निर्देशक इमानदार भएर अथवा लाइटब्वाइ इमानदार भएर लागेको देख्दिन म।

सबैभन्दा बढी इमानदारिताको खाँचो छ। हामीले जे काम गरे पनि दत्तचित्त भएर लाग्नुपर्ने कुराचाहिँ मैले बलिउडबाट सिकेँ।

प्रकाशित: Oct 18, 2023| 19:19 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्