बिहीबार, जेठ २१, २०८३

चोभारमा चंगा चेट [फोटोफिचर]

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु भइसकेको छ। मनसुन सकिएर आकाश खुलेको छ। आकाश खुलेसँगै रंगिबिरंगी चंगाहरु उड्न थालेका छन्।

National life

विद्यालय बिदा भएसँगै बालबालिका फुर्सदिला भएका छन्। उनीहरुलाई चंगा उडाउन धमाधम छ।

यसैबीच काठमाडौंको चोभारमा युवाहरु भेला भएर चंगा चेट कार्यक्रम आयोजना गरे। कार्यक्रममा थुप्रै युवाको उपस्थिति थियो।

हातमा लट्टाई बोकेर आकाशको असीमित दूरीसम्म चंगा पुर्‍याउन उनीहरु हतारिएका थिए। एकापसमा प्रतिस्पर्धा गरेर उडिरहेका चंगा जुधाएर चेट बनाउँदा खुसी दोब्बर देखिन्थ्यो।

Shivam cement

 

प्रकाशित: Oct 17, 2023| 13:26 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्