मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले असोजमा मात्रै तलबभत्ता शीर्षकमा बाँढ्यो सवा १ खर्ब बढी रकम

सरकारले असोजमा मात्रै तलबभत्ता शीर्षकमा बाँढ्यो सवा १ खर्ब बढी रकम

असोजसम्म सरकारी आम्दानी २ खर्ब २२ अर्ब र खर्च २ खर्ब ६८ अर्ब  पुगेको महालेखाको विवरण।
 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

काठमाडौं–सरकारले असोजमा मात्रै १ खर्ब १७ अर्ब रुपैयाँको चालू खर्च गरेको छ। असोजमा कर्मचारीको तलब–भत्ता, प्रशासनिक खर्च र स्थानीय तहमा जाने अनुदानसहित चालू खर्चका लागि ११ खर्ब ४० अर्ब विनियोजन गरिएकामा असोजमा १० प्रतिशत बढीको खर्च भएको छ।

National life

असोजमा तुलनात्मक रूपमा चालू खर्च बढी हुने भएकाले यो समय सरकारले अतरिक्त एक महिनाको तलब दिनुका साथै अन्य भुक्तानी गर्ने हुँदा चालू खर्च बढ्ने गरेको हो। साउन र भदौमा गरिएको चालू खर्चको तुलनामा असोजमा मात्रै ३० प्रतिशत बढी खर्च भएको छ।

भदौ मसान्तसम्म ८७ अर्ब ६६ करोड चालू खर्च भएकामा २८ असोजसम्म २ खर्ब ५ अर्ब रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

असोजमा सरकारको पुँजीगत खर्च भने न्यून भएको छ। असोजमा सरकारले पुँजीगत खर्चबापतको ५ खर्ब ९१ अर्ब भुक्तानी गरेको छ। 

यद्यपि अर्थमन्त्री प्रकाशरण महतले दसैंअघि नै निर्माण व्यवसायीको सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म पूरै भुक्तानी नभएको उनीहरुको भनाइ छ। २८ असोजसम्म सरकारले जम्मा १४ अर्ब ८ करोडको पुँजीगत खर्च गरेको छ।

सार्वजनिक ऋणको साँवा फिर्ता तथा सार्वजनिक संस्थानमा ऋण लगानीका  लागि छुट्याइएको वित्त व्यवस्थापन खर्चमध्ये असोजमा १४ अर्ब तीन करोड खर्च भएको छ।सरकारको खर्चको तुलनामा आम्दानी नहुँदा बजेट घाटा यो अवधिसम्म ४६ अर्ब पुगेको छ।

२८ असोजसम्म २ खर्ब २२ अर्बको सरकारी आम्दानी भएकामा २ खर्ब ६८ अर्ब रुपैयाँ खर्च पुगेको महालेखाको विवरणमा उल्लेख छ।

प्रकाशित: Oct 17, 2023| 11:24 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्