मंगलबार, वैशाख २९, २०८३

अमेरिकी डलर अहिलेसम्मकै महँगो

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.५५ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो हालसम्मकै उच्च दर हो। यसअघि यही असोज ७ गते एक अमेरिकी डलरको विनिमय दर १३३.५४ रुपैयाँ पुगेको थियो। 

National life

गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो। त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ। सोही क्रममा आज नयाँ रेकर्ड बनाएको हो। अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा कमजोर बन्दै गएको छ। 

पछिल्ला दिनमा विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो। डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको छ। नेरु र भारुबीच स्थिर विनिमय दर भएकाले यस्तो भएको हो। नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ। यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ। 

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ। सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ। डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ। डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन्। डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ।

डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी भने वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ। नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ। विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत पनि महँगो पर्छ।

प्रकाशित: Oct 17, 2023| 10:40 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्