मंगलबार, असोज ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • खाद्यका खसीबोकाको मूल्य किलोको ६८०, च्यांग्रा १२ सय ६० रुपैयाँ

खाद्यका खसीबोकाको मूल्य किलोको ६८०, च्यांग्रा १२ सय ६० रुपैयाँ

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०
Kumaribank
Metro Mart

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि भोलि मङ्गलबारदेखि बिक्री गर्ने खसीबोका तथा च्याङ्ग्राको मूल्य निर्धारण गरेको छ। कम्पनीले जीउँदो खसीबोका प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्रा प्रतिकिलो १२ सय ६० रुपैयाँमा बिक्री गर्नेछ। 

यो मूल्यमा उपभोक्ताले प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन्। कम्पनीको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बिहान ८ बजेदेखि खसीबोका तथा च्याङ्ग्रा बिक्री गरिने सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्।

कम्पनीले मकवानपुर, दाङ र कैलालीबाट खसीबोका तथा रसुवाबाट च्याङ्ग्रा ल्याएको छ। ती चौपाया आज मात्रै काठमाडौँ ल्याइएको हो। कम्पनीले उपभोक्ता मूल्यमा हुनसक्ने असन्तुलन रोक्न सानो सङ्ख्यामा भए पनि खसीबोका तथा च्याङ्ग्राको बिक्री गर्दै आएको छ। यस वर्षको दसैँमा दुई हजार खसीबोका तथा एक हजार च्याङ्ग्रा बिक्री गरिने कम्पनीको तयारी छ।

प्रकाशित: Oct 16, 2023| 20:03 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्