मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • हुन्डाई कोना ईभीको चार वर्षमा पनि ९५ प्रतिशत ब्याट्री हेल्थ

हुन्डाई कोना ईभीको चार वर्षमा पनि ९५ प्रतिशत ब्याट्री हेल्थ

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

हुन्डाई कोना विद्युतीय गाडीमा चार वर्षको प्रयोगपछि पनि ब्याट्री हेल्थ ९५ प्रतिशत रहेको पाइएको छ। कम्पनीले अघिल्लो वर्षको डिसेम्बर १२ देखि १६ मा ‘बी नेगेटिभ द चेन्ज’ अभियानअन्तर्गत र अक्टोबर ६ देखि ८ सम्म सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निभल’मा यो निष्कर्ष निस्किएको हो।

National life

कम्पनीले आयोजना गरेका दुवै अभियानमा हाई भोल्टेज ब्याट्री चेक–अप क्याम्पमा दुई सयभन्दा बढी सवारीधनीको इभी एमए परीक्षण गर्दा चार वर्षसम्म चलाइएको कोनाका ब्याट्रीको शक्ति ९५ प्रतिशतभन्दा बढी पाइएको जनाइएको छ।

नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरूको बजारमा हुन्डाई कोनाले पृथक् पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आएको कम्पनीको दाबी छ। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म एक हजारभन्दा बढी बिक्री भएको जनाइएको छ।

२०१९ मा भारतबाट सुरु गरिएको ‘इमिसन इम्पोसिबल’ नामक मिसनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भाग हुँदै सात सय किलोमिटरको यात्रामा १७ हजार फिटको उचाइ र माइनस १२ डिग्रीको तापक्रम पार गर्दै सगरमाथाको आधारशिविरसम्म पुगेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।

यस अभियानमा कोना इलेक्ट्रिकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफिलो परिस्थितिमा समेत उच्च प्रदर्शन गरेको कम्पनीको भनाइ छ। आकर्षक बनोट, उत्कृष्ट पर्फमेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रिसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीका रूपमा स्थापित भएको कम्पनीको जिकिर छ।

 

प्रकाशित: Oct 16, 2023| 17:15 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्