बिहीबार, फागुन १४, २०८२

अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा छानियो ‘गोरु पर्व’

बुसानमा आगामी १६ देखि २० कात्तिकसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको गोरु पर्व वृत्तचित्र नेपालबाट छनोट भएको हो। 
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं– नुवाकोटको तारुकामा हरेक वर्ष माघेसंक्रान्तिमा आयोजना हुने ‘गोरु जुुधाउने मेला’ माथि निर्मित वृत्तचित्र ‘गोरु पर्व’ दक्षिण कोरियामा हुन लागेको ‘अपोरिया अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिबल’ मा छानिएको छ।

National life

बुसानमा आगामी १६ देखि २० कात्तिकसम्म चल्ने महोत्सवमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको गोरु पर्व वृत्तचित्र नेपालबाट छनोट भएको हो। 

योसँगै विभिन्न देशका १० चलचित्र महोत्सवमा छनोट भएका छन्। सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित वृत्तचित्रका निर्मातामा निरञ्जन सिग्देल शर्मा, छायाकारमा रमेश धमला र ज्योति सिंह तथा सम्पादकमा लव प्याकुरेल रहेका छन्। राजेन्द्र बजगाईंको पाश्र्व संगीत र सुशील ठकुरीको पाश्र्व गायन रहेको ‘गोरु पर्व’ ले दुई अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरिसकेको छ। 

जात्रा माघेसंक्रान्तिकै दिन आयोजना हुने र त्यससँग विभिन्न संस्कृति जोडिएकाले यसलाई सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको कार्यकारी निर्माता तथा सिने मेकर्सका प्रबन्ध निर्देशक केपी पाठकले जानकारी दिए। 

‘गोरु जुधाउने जात्रा हाम्रो मौलिक संस्कृति हो। यसलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास मात्रै हामीले गरेका हौं। हाम्रा हरेक पर्व र संस्कृतिको अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सके देशलाई चिनाउन सक्छौं’,  लेखक तथा निर्देशक लम्सालले भने।

Laxmi sunrise bank

प्रकाशित: Oct 16, 2023| 16:49 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्