मंगलबार, जेठ २७, २०८२

दसैं मनाउन तीन दिनमै बाहिरिए डेढ लाख यात्रु

दसैं मनाउन जन्मघर जाने यात्रुको संख्या डेढ लाख कटेको हो।
 |  सोमबार, असोज २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

vianetvianet

काठमाडौं– दसैं मनाउन तीन दिनमै १ लाख ५० हजार यात्रुले उपत्यका छाडेका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएपछि दसैं मनाउन जन्मघर जाने यात्रुको संख्या डेढ लाख कटेको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार ३ सय ९ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए। उनका अनुसार २७ असोज बिहान ६ बजेसम्म ४७ हजार ६ सय ४३, ८ असोज बिहान ६ बजेसम्म ५१ हजार २ सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार ३ सय ८७ यात्रु बाहिरिएका छन्।

ट्राफिकले अघिल्लो  दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ। ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सजिलोका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्षा सञ्चालन गरेको छ।

चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाभित्र १ हजार ८ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताए। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताए। ‘लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्यधिक भीड लागेको छ, हामीले अहिले नयाँ बसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौं’, उनले भने।

National life insurance

दसैंका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्सेका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए। सरकारले दसैं यातायात व्यवस्थापनलाई सहज बनाउन २६ असोज देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रु बाहिरिने अनुमान रहेको बताए।यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जान महासंघले केही बससमेत थप गरेको उनको भनाइ छ।

प्रकाशित: Oct 16, 2023| 16:26 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्