सोमबार, मंसिर २९, २०८२

गाजामा युद्धविराम भएको छैन : इजरायली प्रधानमन्त्री

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

जेरुसलेम- विदेशी नागरिकहरूलाई इजिप्ट जानका लागि अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सोमबार अस्वीकार गरेको छ।

National life

यद्यपि उत्तरी गाजाबाट दक्षिणतिर जान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि दिउँसोसम्म सीमित समय थप्न इजराइली सेनाले वाचा गरेको छ।

इजरायल, इजिप्ट र अमेरिकाबीच गाजा र इजिप्टको बीचमा रफाह पार गर्न विदेशी नागरिकलाई भाग्न र राहत सामग्रीहरू प्रवेश गर्न अनुमति दिन उक्त प्रवेशद्वार केही घण्टा खोल्न सहमत भएको समाचारहरूमा बताइएको थियो।

तर नेतान्याहूको कार्यालयले एक विज्ञप्तिमा विदेशीहरूलाई हटाउनुको बदलामा गाजामा युद्धविराम र मानवीय सहायता हाल नरहेको बताएको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार सहायता समूहरूले इजिप्टतिरबाट पर्खिरहेका छन् तर सोमबार रफाहबाट ४० किलोमिटर पूर्व एल–अरिस सहर छोडेका थिएनन्।

Laxmi sunrise bank
kumari

सोमबार बिहान इजरायली सेनाले सर्वसाधारणलाई गाजापट्टीबाट दक्षिणतिर जाने र सम्भावित जमिन आक्रमण गर्न चिह्न लगाइएको दुई वटा सडकमा हमला नगर्ने बताएको थियो।   -एएफपी

प्रकाशित: Oct 16, 2023| 18:02 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्