बिहीबार, वैशाख २०, २०८१

ट्रेलरमा यस्तो देखियो 'टाइगर ३'

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

सलमान खान, कट्रिना कैफ र इमरान हासमीको शीर्ष भूमिका रहेको जासुस ड्रामा फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सलमान र कट्रिनालाई खतरनाक एक्सन दृश्यमा देख्न सकिन्छ।

triton college

ट्रेलरले फिल्मको कथावस्तुबारे पनि बताएको छ। टाइगर पात्रको भूमिकामा देखिएका सलमानसामु दुई चुनौती छन्- परिवार र देश बचाउने। उनसले दुश्मनसँग गर्नुपरेको संघर्ष फिल्ममा चित्रण गरिएको छ। टाइगर ३ यशराज फिल्म्सको टाइगर युनिभर्स अन्तर्गतको फिल्म हो। फिल्ममा सलमान र कट्रिनाको जबर्जस्त एक्सन छ। ट्रेलरको अन्तिममा भिलेनको भूमिकामा इमरान हासमी देखिएका छन्।

फिल्म दीपावलीको अवसर पारेर  १२ नोभेम्बरमा रिलिज हुँदैछ। फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। टाइगर ३ फिल्म सन् २०१२ को ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’को सिक्वेल हो।

प्रकाशित: Oct 16, 2023| 13:04 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्