मंगलबार, वैशाख २९, २०८३

असिनापानीले बैतडीमा बालीनाली सखाप

बेमौसमी वर्षासँगै आएको असिनापानीले डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो। 
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

बैतडी–बेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ। आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो। 

National life

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलासैनी–७ का मदन धामीले जानकारी दिए। पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन्।

धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ। दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ। वर्षाका कारण  खरफागलामा काटेर सुकाएको खरघाँससमेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन्। 

हिउँद महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन्। हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ।

प्रकाशित: Oct 16, 2023| 10:45 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्