मंगलबार, वैशाख २९, २०८३

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०


माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयर धनीहरूलाई १४ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७० प्रतिशत नगद गरी उक्त लाभांश दिने भएको हो। हाल बैंकको चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ।

National life

बिहीबार पोखरामा सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो। त्यस्तै साधारण सभाले बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि पारित गरेको बैंकले जानकारी दिएको छ।

त्यस्तै साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धि कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि गरेको छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो।

साधारणसभामा बैंकका अध्यक्ष डा.उपेन्द्र महतोले देशको आर्थिक स्थितलिाई मजबुत बनाउन बैंकको तर्फबाट सन्तुलित रूपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरीकर्जाको गुणस्तरमा सुधार गर्दै अघि बढ्ने बताए।

उनले कृषि, नवीकरणीय उर्जा, साना तथा मझौला उद्योगलगायत क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै सेयरधनीहरूलाईसमेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सधैं रहने पनि बताए।

 

प्रकाशित: Oct 15, 2023| 18:08 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्