मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सन सेक्युरिटिजको सेयर सेटलमेन्ट भुक्तानी इसेवाबाटै गर्न सकिने

सन सेक्युरिटिजको सेयर सेटलमेन्ट भुक्तानी इसेवाबाटै गर्न सकिने

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी अब इसेवामार्फत गर्न सकिने भएको छ। साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।

National life

यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरी तथा ट्रेडिङ अफ्फिसर विशाल रिजालले हस्ताक्षर गरे।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्।

यसैभरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन्।

 

प्रकाशित: Oct 15, 2023| 18:05 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्