मंगलबार, वैशाख २९, २०८३

सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

सिद्धार्थ बैंकले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट बैंकका सेयर धनीहरूलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

National life

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब आठ करोड ९९ लाख रूपैयाँमा ४.२१ प्रतिशत बराबरको ५९ करोड ३१ लाख रूपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि तथा बैंकको आगामी साधारणसभाबाट पारित भए पश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ।

बैंकले आर्थिक वर्ष २०७९।८० मा तीन अर्ब १६ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा २६ करोड रूपैयाँ बढी हो। यसैगरी बैंकले वितरणयोग्य मुनाफा ६६ करोड रूपैयाँ कायम रहन आएको जानकारी दिएको छ।

 

प्रकाशित: Oct 15, 2023| 18:04 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्