मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाका लागि सहयोग प्रदान

लक्ष्मी सनराइज बैंकद्वारा बालबालिकाका लागि सहयोग प्रदान

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

लक्ष्मी सनराइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसंग सहकार्य गरी बालबालिकाका लागि सहयोग प्रदान गरेको छ।

National life

यस बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत संस्थाहरुसंग सहकार्य गरी ४०० भन्दा बढी बालबालिकाहरु लाभान्वित हुनेगरी विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको हो।

नेपाल बाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ।

बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुना बाल गृह र इटहरीमा Helpless Children Welfare Mission, मधेस प्रदेशको गरुडामा श्री बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको Rainbow Children Home Nepal लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको New life Children's Heaven लगायत सुदुरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको छ।

 

प्रकाशित: Oct 15, 2023| 18:03 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्