बुधबार, असार ३१, २०८३

'लेडी सिंघम' दीपिका पादुकोण

 |  आइतबार, असोज २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज २८, २०८०

निर्देशक रोहित शेट्टी आफ्नो कप युनिभर्सको आगामी फिल्म 'सिंघम अगेन' मा काम गरिरहेका छन्। यो फिल्म 'सिंघम' को तेस्रो भाग हो।

आइतबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। सार्वजनिक पोस्टरमा अभिनेत्री दीपिका पादुकोणलाई 'लेडी सिंघम' को अवतारमा प्रस्तुत गरिएको छ।

सामाजिक सञ्जालमा निर्देशक रोहितले पोस्टर सार्वजनिक गर्दे लेखेका छन्, 'नारी सीताको रूप हुन् र दुर्गाको पनि। हाम्रो कप युनिभर्सको सबैभन्दा क्रूर र हिंस्रक अफिसरलाई भेट्नुहोस्। शक्ति शेट्टी। माई लेडी सिंघम। दीपिका पादुकोण।'

रोहित र दीपिकाले यसअघि 'चेन्नई एक्सप्रेस' मा एकसाथ काम गरेका थिए। 'सिंघम अगेन' मा अजय देवगनको मुख्य भूमिका रहने छ भने रणवीर सिंह र अक्षय कुमार केमियो भूमिकामा देखिनेछन्।  


यो रोहित शेट्टीको कप युनिभर्सको पाँचौ फिल्म हो। यसअघि उनको कप युनिभर्सको फिल्म 'सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी' प्रदर्शन भइसकेका छन्।

प्रकाशित: Oct 15, 2023| 17:35 आइतबार, असोज २८, २०८०
प्रतिक्रिया दिनुहोस्