बिहीबार, वैशाख ३१, २०८३

गोल्डेन माइक विजेता नीलिमा नेपाल आइडलबाट बाहिरिइन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – नीलिमा थापा मगर नेपाल आइडलको प्रतिस्पर्धाबाट बाहिरिएकी छिन्। पोखरा अडिसनमा गोल्डेन माइक पाएर सीधै गाला राउन्ड प्रवेश गरेकी नीलिमा बिहिबारको जजिङ राउन्डबाट बाहिरिएकी हुन्।

शुक्रबार प्रसारण भएको कार्यक्रममा बटम थ्रीमा परेका पोखराका विक्रम बराल र झापाकी अस्मिता अधिकारीभन्दा कम भोट पाएपछि उनले प्रतिस्पर्धाबाट बाहिरिनु परेको हो। 

नीलिमाले जजिङ राउन्डमा जज इन्दिरा जोशीकै ‘बेहुली’ बोलको गीत गाएकी थिइन्। उनलाई सन्तोष लामाले साथ दिएका थिए। 

नेपाल आइडलको उपाधिका लागि अब ६ जना प्रतिस्पर्धी होडमा छन्। झापाका सुमित पाठक र अस्मिता अधिकारी, कञ्चनपुरका रवि ओड, दोलखाका पवन गिरी, पोखराका विक्रम बराल र बुटवलका अमित बराल प्रतिस्पर्धाको होडमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्