शुक्रबार, वैशाख २८, २०८१

मनाङ एयरलाई तीन महिनासम्म जहाज उडान प्रतिबन्ध

मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि एओसी निलम्बन गरिएको हो।
 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं– पछिल्लो तीन महिनामा दुई वटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।

triton college

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि एओसी निलम्बन गरिएको हो। तीन महिने अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो। 

‘मनाङ एयरको सेवा सञ्चालन प्रमाणपत्र निलम्बन भइसक्यो, तीन महिनामा दुईवटा हेलिकोप्टर दुर्घटना भएका छन्। अब उक्त कम्पनीसँग हेलिकोप्टर पनि छैनन्’, प्रवक्ता भुलले भने, ‘प्राधिकरणले मनाङ एयरको वस्तुस्थितिका समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुनेछ।’

प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकोप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन। दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकोप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ।

सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको  मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर आज बिहान जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। 

corrent noodles
Metro Mart

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन्। ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ।

तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना

पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन्। दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन्। गत २६ असारमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित ६ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Oct 14, 2023| 17:59 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्