शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो अरुण जलविद्युत् आयोजना: १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

माथिल्लो अरुण जलविद्युत् आयोजना: १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

सहुलियतपूर्ण ऋृण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गरिने।
 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

काठमाडौं– माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ।

triton college

रणनीतिक महत्त्वको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी साता वासिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्नेछ।

त्यसैगरी सहुलियतपूर्ण ऋृण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ।

विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा अर्थमन्त्री डा. महतले यो प्रस्ताव राखेका हुन्।

मन्त्री डा. महतले उपाध्यक्षद्वयसँग गरेको छलफलमा हाल चालू परियोजनाको प्रगति समीक्षासमेत भएको अर्थ मन्त्रालयले जनाएको छ। गत वर्ष ९ दशमलव २ प्रतिशत मात्र वितरण भएकामा कर्जालाई बढाउन पूर्वतयारीमा ध्यान दिनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिए।

corrent noodles
Metro Mart

साइट क्लियरेन्स तथा ठेक्का बन्दोबस्ततर्फ क्षमता अभिवृद्धि र धेरै क्षेत्रमा छरिएका आयोजनालाई दुई–चार वटा प्राथमिकताका क्षेत्रमा मात्र खर्च गर्ने गरी स्पिलओभर प्रभाव बढाउने विषयमा छलफल भएको छ।

यसैगरी ३०० मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैयाँ बराबरको बजेटरी सहायता चालू आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षको सहमति भएको छ। यसअन्तर्गत सार्वजनिक वित्त वित्तीय क्षेत्र र हरित उत्थानशील तथा समावेशी विकास ग्रिड क्षेत्रमा नीतिगत सुधारका कार्य अगाडि बढाइनेछ।

भौतिक पूर्वाधारका क्षेत्रमा अर्थमन्त्रीले कार्यक्रमगत सहायताको नयाँ मोडलमा सहायता परिचालन गर्न आग्रह गरेको मन्त्रालयले बताएको छ।

यो मोडलअन्तर्गत  स–साना आयोजना कार्यान्वयनका लागि नेपालको आफ्नै सामाजिक तथा वातावरणीय जोखिम न्यूनीकरण मापदण्डलाई आधार मानेर लगानी सुनिश्चित गर्न सकिनेछ।

ग्रीड अवधारणाको कार्यान्वयनमा नेपाल अग्रपंक्तिमा रहेको र यो अवधारणाबाट विकास साझेदारबीच सामञ्जस्य हुनुका साथै जलवायु कोषको परिचालनमा नेपालको दक्षता अभिवृद्धि हुने अर्थमन्त्री महतले बताए।

यसमा विश्व बंैक आवश्यक समन्वय तथा सहकार्य गर्न सहमत भएको उनको भनाइ छ। बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी थियो।

प्रकाशित: Oct 14, 2023| 16:59 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्