मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खानेपानी आयोजना उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री प्रचण्ड 

खानेपानी आयोजना उद्घाटन गर्न चितवन पुगे प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्रीले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्ने। 
 |  शनिबार, असोज २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज २७, २०८०

कठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  गृहजिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले चितवनमा रहँदा आइतबार तीन वटा खानेपानी आयोजना उद्घाटन गर्नेछन्। 

National life

प्रधानमन्त्रीले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको भरतपुर महानगर प्रमुख एवं प्रचण्डपुत्री रेनु दाहालले जानकारी दिइन्। शारदानगरको सो आयोजना ५५ करोड हाराहारीमा निर्माण गरिएको हो।

आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ। संघीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा–११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ।

यो आयोजना २५ करोडको लागतमा निर्माण गरिएको हो। यसैगरी भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खानेपानी आयोजना १० करोडको लागतमा निर्माण गरिएको हो। यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन्।

प्रकाशित: Oct 14, 2023| 12:18 शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्