आइतबार, जेठ ६, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इजरायललाई प्यालेस्टाइनी विस्थापित नगर्न जोर्डनका राजाको चेतावनी 

इजरायललाई प्यालेस्टाइनी विस्थापित नगर्न जोर्डनका राजाको चेतावनी 

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- जोर्डनका राजा अब्दुल्लाह दोस्रोले प्यालेस्टाइनीहरुलाई जबरजस्ती विस्थापित नगर्न इजरायललाई चेतावनी दिएका छन्। जोर्डनको राजदरबारबाट प्रकाशित वक्तव्यमा राजा अब्दुल्लाह दोस्रोले छिमेकी मुलुक (इजरायल-प्यालेस्टाइन) मा आएको संकट समाधान गर्नुपर्नेमा जोड दिएका छन्। 

triton college

संयुक्त राज्य अमेरिकका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि जोर्डनका राजा अब्दुल्लाहसँग भेट गरेका छन्। बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गरेर जोर्डन पुगेका अमेरिकी विदेशमन्त्री ब्लिन्‍केनले शुक्रबार प्यालेस्टाइनी राष्ट्रपति मोहम्मद अब्बास र जोर्डनका राजासँग भेट गरेका हुन्। 

७ अक्टोबरमा हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले निरन्तर गाजामाथि बम खसालिरहेको छ। इजरायलले आफ्नो सीमा क्षेत्रमा हजारौं सेनालाई तैनाथसमेत राखेको छ। 

इजरायलले निरन्तर बम खसाल्‍न थालेपछि सिर्जना भएको मानवीय संकट सिर्जना भएको र गाजाबासीलाई समस्यामा भएको भन्दै मुस्लिम राष्ट्रहरुले प्यालेस्टाइनको पक्षमा एक्यबद्धता जनाउँदै इजरायल युद्धको विरोध गरिरहेका छन्।
 

प्रकाशित: Oct 13, 2023| 15:58 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्