सोमबार, फागुन १८, २०८२

प्यालेस्टाइनी नागरिकको पक्षमा इराकमा र्‍याली 

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- इजरायलले गाजामा आक्रमण थालेपछि प्यालेस्टायनी नागरिकको पक्षमा एक्यबद्धता जनाउँदै इराकको राजधानी बगदादमा हजारौं इराकी सहभागी भएर र्‍याली निकालेका छन्। 

र्‍याली आयोजकमध्येका एक अबु कायनले भने, 'अतिक्रमित प्यालेस्टाइनमा भइरहेको घटनाको निन्दा गर्दै रक्तपातपूर्ण हिंसाको विरोध गर्ने उद्देश्यले यो र्‍याली आयोजना गरिएको हो।' 

शुक्रबारको प्रार्थनापछि निकालिएको यो पहिलो र्‍याली भएको र हमास र हेजबुल्ला समूहले यस्ता र्‍यालीहरु अरब क्षेत्रमा निरन्तर निस्किने र इजरायली आक्रमणको विरोध गर्ने जनाएका छन्। 

हमासका पूर्वनेता खालिद मेसहालले बिहीबार 'अरब र इस्लामिक विश्‍वका नागरिक'हरुलाई खुला स्थानमा गएर र्‍याली आयोजना गर्नका लागि आह्वान गरेका थिए। यस्ता र्‍यालीहरु लेबनान, ट्युनिसिया र जोर्डनमा पनि निकालिएका छन्। 

जोर्डनमा प्यालेस्टाइनी राष्ट्रपतिसँग अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेट्नुअघि पनि हजारौं मानिसहरुले र्‍याली आयोजना गरेको बीबीसीले जनाएको छ। 

kumari

पछिल्लो ६ दिनमा इजरायली सेनाले ६ हजार बम गाजा क्षेत्रमा खसालेको छ भने गाजाबासीलाई घर छोडेर भाग्‍न चेतावनीसमेत दिएको छ।

प्रकाशित: Oct 13, 2023| 15:50 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्