सोमबार, मंसिर २९, २०८२

इजरालले गाजामा खसाल्यो ६ दिनमा ६ हजार बम 

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा इजरायली सेनाले ६ दिनमा ६ हजार बम खसालेको छ। 

National life

इजरायली सेनाले पछिल्लो ६ दिनमा गाजा क्षेत्रमा ६ हजार बम खसालेको जनाएको छ। अक्टोबर ७ मा हमास समूहले आक्रमण गरेपछि इजरायलले प्रतिआक्रमण सुरु गरेको छ। 

इजरायली सेनाका अनुसार चार हजार टनका ६ हजार बम खसालेको जनाइएको छ। यो संख्या संयुक्त राज्य अमेरिकाले तालिबानलाई निशाना बनाउँदै अफगानिस्तानमा एक वर्षमा खसालेको बम बराबर भएको अलजजिराले जनाएको छ। 

इजरायली सेनाले गाजाका नागरिकलाई घर छोडेर भाग्‍न चेतावनी दिएको छ। तर, गाजाबासीलाई घरमै बस्‍न हमास समूहले निर्देशन दिएको पनि इजरायली सेनाको आरोप छ। 

इजरालले सीमा क्षेत्रमा हजारौं सेनालाई तैनाथ गराएको छ भने आक्रमण निरन्तर जारी राखेको छ। गाजालाई पूर्णरुपमा नियन्त्रणमा लिने उद्देश्यले इजरायलले युद्धको घोषणासमेत गरिसकेको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 13, 2023| 15:42 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्