मंगलबार, वैशाख २९, २०८३

वडाबाटै मालपोतको राजस्व संकलन गरिँदै

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

रामपुर- रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ। मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापाले बताए।

National life

‘थोरै रकमका लागि मालपोतको राजस्व बुझाउन गाडी भाडा खर्चेर र धेरै समय लगाएर नगर कार्यापालिकाको कार्यालयमा आउनुपरेको छ’, उनले भने, ‘अब नगरपालिकाबाट लिँदै आएको मालपोतको राजस्व सबै वडा कार्यालयबाट लिइनेछ।’

एक सय पनि मालपोतको राजस्व बुझाउनु नपर्ने नगरको केन्द्रदेखि टाढाका वडाका नागरिक एक दिनको समय बिताएर गाडी भाडा खर्चेर नगरपालिका पुग्नुपर्ने काम वडाबाटै हुने भएपछि धेरै सजिलो हुने रामपुर–२ बस्ने सीता जिसीले बताए।

 वडाबाट हुने विभिन्न सिफारिस र घटना दर्ताको मात्रै राजस्व संकलन गरिरहेको वडा कार्यालयले अब मालपोतको राजस्व पनि संकलन गर्ने भएको छ।

प्रकाशित: Oct 13, 2023| 22:02 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्