मंगलबार, वैशाख २९, २०८३

एमसीसी प्रसारण लाइनका तीन वटै ठेक्का रद्द

एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी तीन वटै प्याकेजका ठेक्का रद्द गरिएका हुन्।
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी)ले प्रसारण लाइनका सबै ठेक्का रद्द गरेको छ। आज मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले सूचना गरी गर्दै परियोजनाअन्तर्गतका तीन वटै ठेक्का रद्द भएको बताएको हो।

National life

यी ठेक्कामा बोलपत्र पहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताले अत्यधिक उच्च लागत प्रस्ताव गरेकाले ठेक्का रद्द गरिएको एमसीए नेपालले जनाएको छ। अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्नेछ। एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनसम्बन्धी तीन वटै प्याकेजका ठेक्का रद्द गरिएका हुन्।

एमसीए नेपालले इस्टिमेट गरेभन्दा ६७ प्रतिशत बढीका बोलपत्र परेपछि ठेकेदार छनोटमा अन्योल भएको थियो।  एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्ष १२ मंसिरमा बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो।

तीनवटा प्याकेज बनाएर अलगअलग बोलपत्र आह्वान गरिएकामा ६ वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए। तीमध्ये प्राविधिक मूल्यांकनबाट ५ वटा मात्र छनोट भएका थिए। 

प्रकाशित: Oct 13, 2023| 12:43 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्