बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय १७ पुग्यो

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय १७ पुग्यो

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

काठमाडौं- इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या एक हजार ४१७ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ। 

National life

मन्त्रालयका अनुसार गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएका छन्। 

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ। इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो।

इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको संख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ।

प्रकाशित: Oct 12, 2023| 21:28 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्