सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउन अर्थमन्त्रीको आग्रह

विश्व बैंक र आईएमएफको वार्षिक बैठक

नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउन अर्थमन्त्रीको आग्रह

निजी क्षेत्रसँग सम्बन्धित उपकरण साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा लैजाने गरी काम गर्न र सहुलियतपूर्ण ऋण लगानी संरचनालाई थप लचिलो बनाउन विश्व बैंक र आइएमएफलाई मन्त्री महतको सुझाव।
 |  बिहीबार, असोज २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

vianetvianet

मोरक्को– विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भएको छ। सो अवसरमा विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशक क्रमशः बिम्पी सपुत्रा र याती कुर्निआतीबाट अर्थतन्त्र उकास्ने सन्दर्भमा विभिन्न प्रस्तुति दिएका थिए।

बैठकमा सहभागी नेपालका अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनुपर्ने विश्व बैंकको थिमलाई समर्थन जनाए। 

जलवायु परिवर्तनको गैरअनुपातिक असर परेको नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने र त्यस्ता मुलुकमा क्षमता विकासका कार्यक्रममा लगानी गर्नुपर्ने विचार उनले व्यक्त गरे। खासगरी विश्व बैंकले तयार गरेको प्लेबुकमा सहुलियत दर बढाउँदै जाने कुराको प्रतिवद्धता ठोस रुपमा प्रतिविम्बित हुनुपर्ने उनको धारणा थियो।

डा. महतले निजी क्षेत्रसँग सम्बन्धित उपकरणसमेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउने र ब्यालेन्सिट अप्टिमाइजेसनमार्फत बैंकको आयको महत्त्वपूर्ण हिस्सा विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने आइडीएमा समावेश गरेर जान सके कम आय भएका देशमा सहुलियत दर बढाउनुपर्ने चासोको सम्बोधन हुन सक्ने औंल्याए।

त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिक्रिया दिँदै अर्थमन्त्री डा. महतले कोषको वित्तीय सुविधा परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्बित हुन नसकेकाले जारी कोटा पुनरवोलकन प्रक्रियामा पुनर्विचार हुनुपर्ने विचार प्रस्तुत गरे।

National life insurance

महतले राखेका विचारको सराहना गर्दै कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउनेतर्फ काम सुरु भइसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने जवाफ दिए। 

प्रकाशित: Oct 12, 2023| 12:48 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्