बिहीबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली सेनाद्वारा गाजाको विश्वविद्यालयमा आक्रमण, १ हजार बढीको मृत्यु, ५१ सय घाइते 

इजरायली सेनाद्वारा गाजाको विश्वविद्यालयमा आक्रमण, १ हजार बढीको मृत्यु, ५१ सय घाइते 

हमास समूहले गरेको आक्रमणपछि इजरायली सेनाले थालेको प्रतिआक्रमणमा गाजामा १ हजार ५५ मारिएका र ५ हजार १०० घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो। 
 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

काठमाडौं– इजरायली सेनाको आक्रमणमा गाजामा १ हजार बढीको मृत्यु भएको छ भने पाँच हजार बढी घाइते भएका छन्।

National life

हमास समूहले गरेको आक्रमणपछि इजरायली सेनाले थालेको प्रतिआक्रमणमा गाजामा १ हजार ५५ मारिएका र ५ हजार १०० घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको हो। 

घाइतेमध्ये ६० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको पनि प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले बताएको छ। 

इजरायली सेनाले गाजामा रहेको इस्लामिक विश्वविद्यालयमा समेत आक्रमण गरेको छ। उक्त विश्वविद्यालयले हमासको मुख्य प्रशिक्षण केन्द्र भएकाले आक्रमण गरिएको इजरायली सेनाले दाबी गरेको छ।

प्रकाशित: Oct 11, 2023| 16:26 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्