आइतबार, जेठ ६, २०८१

इजरायल पुग्यो अमेरिकी हतियारको पहिलो खेप

इजरायली रक्षा बलले अमेरिकाबाट पहिलो चरणको हतियार प्राप्त भएको बताएको हो।
 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

काठमाडौं– इजरायलमा जारी युद्धका क्रममा इजरायली सेनाको सहयोगका लागि अमेरिकाले पहिलो चरणको हतियार पठाएको छ। इजरायली रक्षा बलले अमेरिकाबाट पहिलो चरणको हतियार प्राप्त भएको बताएको हो। 

triton college

इजरायली रक्षा बलले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इजरायलको सैन्य सहकार्यले युद्धको समयमा क्षेत्रीय सुरक्षा र स्थायित्वका लागि काम गर्ने बताएको छ।
इजरायली रक्षा बलले अमेरिकाबाट प्राप्त भएको हतियार सहयोगको भिडियो पनि एक्समा पोस्ट गरेको छ। 

यसअघि शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

अमेरिकी राष्ट्रपति बाइडेनले मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनका क्रममा हमासलाई ‘विशुद्ध शत्रु’ भन्दै निन्दा गरेका छन्। इजरायलमा भएको आक्रमणमा १४ अमेरिकी नागरिकसमेत मारिएका छन्। 

राष्ट्रपति बाइडेनले इजरायलको सहयोगका लागि संसद्बाट थप सहयताका लागि पहल गर्नेसमेत बताएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का रणनीतिक सञ्चार निर्देशक जोन किर्बीले हमासले अपहरण गरेका नागरिकको रिहाइका लागि सहयोग गर्ने बताएका थिए। हमासले १५० भन्दा बढी नागरिकलाई अपहरण गरेको जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 11, 2023| 16:18 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्