सोमबार, जेठ २६, २०८२

इजरायलको सैन्य अखडामा हेजबुल्ला समूहको मिसाइल आक्रमण

लेबनानको मिलिसिया समूह हेजबुल्लाले इजरायल सीमा क्षेत्र रहेको सैन्य पोस्टमा दुई वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको हो। 
 |  बुधबार, असोज २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

vianetvianet

काठमाडौं– इजरायलले हमास नियन्त्रित गाजामा आक्रमण थालेसँगै लेवनानको हेजबुल्ला समूहले पनि इजरायलमाथि आक्रमण थालेको छ। लेवनानको मिलिसिया समूह हेजबुल्लाले इजरायल सीमा क्षेत्र रहेको सैन्य पोस्टमा दुई वटा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ। 

इजरायल सेनाले लेवनानको भू–भागमा पनि आक्रमण सुरु गरिएको घोषणा गरेको छ।  इजरायलको प्रतिआक्रमणमा परी हेजबुल्लाका तीन जना मारिएका छन्। 

इजरायली सेनाले लेवनानको धायरको क्षेत्रमा पनि बम खसाल्न सुरु गरेको र यारिन क्षेत्रमा फोस्फेरससहितको मिसाइल छाडेको लेवनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

गत शनिबारदेखि हमास समूहले इजरायलमा आक्रमण थालेपछि मध्यपूर्वमा तनावमा बढेको हो। इजरायलमा भएको आक्रमणमा १० जना नेपालीको समेत मृत्यु भएको छ।

प्रकाशित: Oct 11, 2023| 16:10 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्