शनिबार, भदौ २७, २०८३

पाकिस्तानमा दुई आतंकवादीको मृत्यु

 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिम खैवर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारवाहीमा दुई आतंककारी मारिएको पाकिस्तानीनी सेनाले जनाएको छ। 

सेनाले प्रान्तीय डेरा इस्माइल खान जिल्लाको जासुसी–आधारित कारवाहीमा दोहोरो भिडन्तमा एक आतङककारीलाई मार्न सफल भएको सेनाको मिडिया शाखाले इन्टर सर्भिस पब्लिक रिलेसनले विज्ञप्तिमा उल्लेख गरेको छ। मारिएका आतंतककारी हमला तथा सुरक्षा बलविरुद्ध गतिविधिमा सक्रिय रहेको सेनाले जनाएको छ।

यसैगरी उत्तरी वाजिरिस्तान जिल्लामा आतंककारीसँग भएको अर्को भिडन्तमा सेनाले लुकेर बसेका अर्का आतंककारीलाई मारेको जनाएको छ। उक्त आतंकरीबाट हतियार र गोलाबारुद बरामद गरेको पनि सेनाले बताएको छ। -सिन्ह्वा

प्रकाशित: Oct 11, 2023| 21:41 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्