सोमबार, जेठ २६, २०८२

हमासको आक्रमणमा १२३ इजरायली सेनाको मृत्यु 

 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

vianetvianet

काठमाडौं- हमास समूहको आक्रमणमा परी १२० इजरायली सेना मारिएको छन्। गत शनिबार बिहानैदेखि हमास समूहले सुरु गरेको आक्रमणमा कम्तीमा १२३ इजरायली सैनिकको मृत्यु भएको इजरायली रक्षा बलका प्रवक्ता रियर एडम ड्यानियल हगारीले बताएको सीएनएनले जनाएको छ। 

हमास समूहले गरेको आक्रमणमा १२३ सेनासहित मृत्यु हुनेको संख्या ९०० भन्दा बढी पुगेको छ। 

रक्षा बलका प्रवक्ता हगारीले ५० इजरायली बन्धकका परिवारलाई सुरक्षा बलले सम्पर्क गरेको पनि बताएका छन्। हमासले इजरायली सेनाका अधिकारीसहित १०० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ। 

इजरायलले गाजामा गरेको आक्रमणमा पनि ६०० भन्दा बढीको मृत्यु भइसकेको छ। 

प्रकाशित: Oct 10, 2023| 15:48 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्